दोलखाको जिरी नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी


 


दोलखा, जेठ ३

दोलखाको जिरी नगरपालिकाको मेयर र उपमेयरमा एमालेले जितेको छ । एमालेका टंक जिरेलले ३२ सय १२ मत ल्याउँदै मेयरमा निर्वाचित हुनु भएको हो ।

उहाँका प्रतिद्वन्द्वी माओवादी केन्द्रका गेल्बु शर्पाले  २१ सय ६ र कांग्रेसका सोजान शेर्माले १४ सय २ मत ल्याउनुभयो । यस्तै उपमेयरमा एमालेकी कृष्णमाया बुढाथोकी ३२ सय ६८ मत  ल्याएर विजयी हुनुभयो ।

उपमेयरमा उठेका माओवादी केन्द्रकी चित्रमाया शर्माले १९ सय ४१ र कांग्रेसकी लिलादेवी जिरेलले १३ सय १२ मत ल्याउनु भएको छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्