चार महानगरको पछिल्लो मतपरिणामः कसको मत कति ?


 


काठमाडौं, जेठ ३
देशका चार महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । पछिल्लो मत परिणामअनुसार चारमध्ये तीन महानगरमा एमाले अग्रस्थानमा छ । काठमाडौ, भरपुर र पोखरामा एमाले अगाडि छ भने ललिपुरमा कांग्रेसको मत बढी छ ।

काठमाडौं
काठमाडौंमा एमालेका विद्यासुन्दर शाक्यले १०८३ मत प्राप्त गरेका छन् भने ७४० मतसहित काँग्रेसका राजुराज जोशी उनलाई पछ्याइरहेका छन् । विवेकशीलकी रञ्जु न्यौपाने तेस्रोमा छिन् । उनले ५०१ मत ल्याएकी छन् ।

त्यस्तै, चौथोमा साझा पार्टीका किशोर थापाको ३ सय ८५ र माओबादी केन्द्रका बर्वोत्तम डंगोल ३४ मत प्राप्त गर्दै पाँचौं नम्बरमा छन् । छैटौं नम्बरमा रहेका संघीय समाजबादी फोरम–नयाँशक्तिका साझा उम्मेदवार पवित्र बज्राचार्यले १८ मत ल्याएका छन् ।

 

ललिपुर
ललितलपुरमा काँग्रेस अगाडि छ । काँग्रेसका चिरीबाबु महर्जनले ६ हजार ८४ मत प्राप्त गरेका छन् । उनलाई ५ हजार ७ सय ७९ मत ल्याउँदै एमालेका हरिबकृष्ण व्यञ्जनकारी पछ्याएरहेका छन् ।

त्यस्तै, ३ हजार ४ सय ५९ मत प्राप्त गर्दै साझा पार्टीका रमेश महर्जन तेस्रो, १ हजार ३ सय ५२ मत प्राप्त गर्दै माओबादीका दिनेश महर्जन चौथोमा छन् ।

 

भरतपुर
चासोका रुपमा हेरिएको भरतपुर महानगरपालिकामा एमाले अग्रस्थानमा छ । प्रचण्ड पुत्री रेणु दाहाललाई पछार्दै एमालेका देवी ज्ञवाली अगाडि छन् । ज्ञवालीले २ हजार ५ सय ७९ मत प्राप्त गरेका छन् भने रेणुले १ हजार ६ सय ५९ मत ल्याएकी छन् ।

पछिल्लो पटक ज्ञवाली र दाहालको मतान्तर बढी फरक हुँदै आएरहेको छ । त्यस्तै, १६४ मत ल्याउँदै राप्रपाका बद्री तिमल्सैना तेस्रोमा छन् ।

 

पोखरा
क्षेत्रफलका हिसावले सबैभन्दा ठूलो पोखरा लेखनाथ महानगरपालिकामा पनि एमाले अग्रस्थानमा छ ।

एमालेका रामबहादुर जिसीले ५ हजार २ सय ३० र काँग्रेसका रामजी कुँवरले ३ हजार ६ सय ४२ मत प्राप्त गरेका छन् । त्यस्तै, फोरम–नयाँ शक्तिका हुमबहादुर तमुको २ सय २४ र राप्रपाका गीता गुरुङको १ सय २८ मत छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्