राप्रपाले खाता खोल्यो, गोकर्णेश्वरमा वडा अध्यक्ष विजयी
काठमाडौं, जेठ २
राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं उपत्यकामा खाता खोलेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा वडा अध्यक्ष जित्दै राप्रपाले उपत्यकाबाट विजयी सुरुवात गरेको हो।
गोकर्णेश्वरको २ नम्बर वडामा राप्रपाका उम्मेद्वार कृष्ण बहादुर पण्डित ६ सय ६८ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवारले ६ सय ४५ मत मात्रै ल्याए । मत परिणामअनुसार काँग्रेसका उम्मेदवार तेस्रो भए ।
प्रकाशित मिति: २ जेष्ठ २०७४, मंगलबार