काठमाडौँ महानगरमा फेरि एमाले अगाडि


 


काठमाडौँ, जेठ २

स्थानीय निर्वाचनअन्तर्गतको जारी मतगणनाको पछिल्लो परिणामअनुसार काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का विद्यासुन्दर शाक्य अगाडि हुनुहुन्छ ।

कूल दुई हजार १०० मत गणना गर्दा शाक्यले ६२३ नेपाली काँग्रेसका राजुराज जोशीले ५९३ मत प्राप्त गर्नुभएको छ ।

विकेकशील पार्टीका रञ्जु दर्शना र साझा पार्टीका किशोर थापाको बराबर मत २३१ छ । हालसम्म प्रमुखमा २९२ मत बदर भएको छ । गणना कार्यमा तीव्रता दिन अहिले तीन समूह (टोली) बनाई गणना जारी राखिएको छ ।

प्रकाशित मिति: २ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्