कहिलेसम्म आउँछ मत परिणाम ? यस्तो छ निर्वाचन आयोगको दाबी


 


काठमाडौं, जेठ २
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मतगणना एक साताभित्रै सम्पन्न गर्ने दाबी गरेको छ ।

मतगणनामा ढिलाई भइरहेको गुनासो बढ्दै गएपछि आयोगले एक साताभित्रै सबै मतगणना गरेर परिणाम बाहिर आउने दाबी गरेको हो । मतपत्र ठूलो र धेरै प्रतिनिधि छान्नुपर्ने भएकाले मतगणनामा ढिलाई भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

उनले अब छिटो भन्दा छिटो मतगणना गर्न थप टोली परिचालन गरिएको जानकारी दिए ।

प्रकाशित मिति: २ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्