चीनमा शक्तिशाली भूकम्प, ३ जनाको मृत्यु


 


बेइजिङ, असार १८

नेपालमा भूकम्प आउने क्रम नरोकिरहेका बेला छिमेकी देश चीनमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ ।भूकम्पमा परी ३ जनाको मृत्यु भएको छ भने, २० जना घाइते भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी भौगर्भिक संस्थाको मापन अनुसार शुक्रबार विहान चीनको छिन्ज्याङलाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो ।

भूकम्पको धक्का चीनसँगै छिमेकी देश नेपाल र भारतमा समेत महसुस गरिएको बताइएको छ । चिनियाँ समाचार संस्था सिन्हुवाले भूकम्पबाट २ लाख मानिस प्रभावित भएको उल्लेख गरेको छ । भूकम्पबाट भएको धनजनको क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: १८ असार २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्