सिरियामा अमेरिकी सैन्य गठबन्धनको आक्रमणमा चालिस जनाको मृत्यु


 


एजेन्सी

अमेरिकी नेतृत्वको आतङ्कवाद विरोधी गठबन्धनले देइर अल जोर प्रान्तको बुकामाल सहरमा गरिएको सोमबारको आक्रमणमा करिब ४० जना सर्वसाधारण सिरियालीको मृत्यु भएको छ ।

इस्लामिक स्टेट (आईएस) समूहको प्रभाव क्षेत्र देइर अल जोरमा सर्वसाधारणलाई लक्षित गरी हवाई आक्रमण भएको बताइएको छ ।
गत मङ्गलबार उत्तरी प्रान्त रक्कामा अमेरिकी नेतृत्वको गठबन्धनले हवाई आक्रमण गर्दा ११ जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए ।

सिरियामा अमेरिकी नेतृत्वको आतङ्कवादविरोधी गठबन्धनले कुर्दिस नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) लाई सघाउँदै आएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: २ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्