काठमाडौंमा एमालेलाई पछ्याउँदै साझा, काँग्रेस तेस्रोमा


 


काठमाडौं, जेठ २
काठमाडौं महानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रतालाई कायम राखेको छ ।

पछिल्लो मत परिणामअनुसार एमालेको तर्फबाट मेयर पदका उम्मेदवार विद्यासुन्दर शाक्यले २१७ मत पाएका छन् । उनलाई साझा पार्टीका किशोर थापाले पछ्याइरहेका छन् । उनको मत १४२ छ ।

देशकै ठूलो पार्टी नेपाली काँग्रेस भने तेस्रो स्थानमै छ । कांग्रेसका राजुराज जोशीले १३५ मत पाएका छन् । तेस्रो ठूलो दल माओबादी केन्द्र अझै पछाडि छ । माओबादी केन्द्रका सर्बोत्तम डंगोलले ११ मत मात्रै ल्याएका छन् ।

माओबादी केन्द्रलाई विवेकशील नेपाली दल र नयाँ शक्ति र संघीय समाजबादी फोरमले पनि पछारेको छ । विवेकशीलकी रञ्जु न्यौपाने दर्शनाले ११० मत पाएकी छन् भने संघीय समाजबादी फोरम नयाँ शक्तिका साझा उम्मेदवार पबित्र बज्राचार्यले १८ मत ल्याएका छन् ।

प्रकाशित मिति: २ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्