जाजरकोटको कुशे गाउँपालिकामा कांग्रेस विजयी


 


जाजरकोट, जेठ २

जाजरकोटको कुशे गाउँपालिकामा नेपाली कांग्रेस विजय भएको छ । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका हरिचन्द्र बस्नेत विजयी हुनु भएको छ ।

उहाँले २५०८ मत प्राप्त गर्नुभयो । निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका तप्तबहादुर हमालले २२४४ मत प्राप्त गर्नु भएको थियो ।

गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका रामछाया शाहीले २३७८ मत प्राप्त गरी विजयी हुनु भएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गंगादेवी रोकायले १९८८ मत प्राप्त गर्नु भएको छ ।

प्रकाशित मिति: २ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्