सुर्खेतमा को भन्दा को कम, दलहरुबीच कडा प्रतिस्पर्धा


 


सुर्खेत, जेठ २
सुर्खेतका प्रायः सबै स्थानीय तहमा दलहरुबीच कडा प्रतिशपर्धा देखिएको छ ।

प्रदेश नम्बर ६ को सबैभन्दा ठूलो नगरपालिका सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा २ हजार ५ सय मत गणना हुँदासम्म एमाले ८२३ मतका साथ अग्रस्थानमा छ । ८०५ मतसहित माओवादी केन्द्र दोस्रो र ७९८ मतसहित कांग्रेस तेस्रो स्थानमा छ ।

सुर्खेतको लेकबेसी नगरपालिकामा एमाले १ हजार ६ सय ९५, कांग्रेस १ हजार ५ सय चार र माओवादी केन्द्र १ हजार १ सय ७१ मतसहित प्रतिस्पर्धा गरिरहेका छन् ।

नगरपालिकाको वडानम्बर १ मा नेकपा एमाले र जनमोर्चाको संयुक्त प्यानल विजयी भएको छ । एमालेका मानबहादुर पुनले ७९८ मत प्राप्त गरेर वडा अध्यक्षमा विजयी भएका हुन् । नेपाली कांग्रेसका हरिमान घलेले ४४० र माओवादी केन्द्रका धनबहादुर ठाडाले २३३ मत प्राप्त गरे ।

लेकबेसी नगरपालिकाको वडा नम्बर ४ भने नेपाली कांग्रेसका उमेद्वार विजयी भएका छन् । भेरीगंगा नगरपालिकाको मेयरमा कांग्रेसको १ हजार ११६, एमालेको १ हजार ५७ र माओवादी केन्द्रको ५५८ मत छ ।

भेरीगंगा नगरपालिकाकाको वडा नम्बर १ मा भने माओवादी केन्द्रको पुरै प्यानल विजयी भएको छ । नेकपा माओवादी अध्यक्षका उम्मेद्वार नवराज कार्की २ सय ७४ मत प्राप्त गर्दै विजय भएका हुन् ।

पञ्चपुरी नगरपालिका वडानम्बर १ मा नेकपा एमालेको सम्पुर्ण टिम विजयी भएको छ । वडाध्यक्षका उम्मेद्ववार धनबहादुर थापाको प्यानल विजयी भएको हो ।

सुर्खेतको चिङ्गाड गाउँपालिकाको वडानम्बर १ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको छ । नेपाली कांग्रेसका अध्यक्षका उम्मेद्ववार बिरबहादुर वली नेतृत्वको प्यानल विजयी भएको हो ।

त्यसैगरी बराहताल गाउापालिकाको वडानम्बर १ मा कांग्रेसकी तुलादेव भारतीको प्यानल नै विजयी भएको छ ।

गुर्भाकोट नगरपालिकामा नेपाली कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । कांग्रेसका हस्त पुनले १ हजार ७४ मत प्राप्त गरेका छन् । एमालेका देवबहादुर खत्रीले १ हजार ६३ र माओवादीका हिराबहादुर थापाले २ सय ५१ मत प्राप्त गरेका छन् ।

गुर्भाकोटकोटको वडानम्बर १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेका अध्यक्ष उम्मेद्वार लालबहादुर खासु ७३६ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ओबिलाल थापाले ४५२ मत प्राप्त गरे ।

पञ्चपुरी नगरपालिकाको वडानम्बरको अध्यक्षमा एमालेका धनबहादुर थापा ४२० मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बुध सावदले २८२ पाएका छन् ।

पञ्चपुरी नगरपालिका वडानम्बर १ को नतिजा अनुसार एमालेबाट महिला सदस्यहरु गौमती सिजापतीले ४२४, दलित महिला सदस्य दुर्गा नेपालीले ४२७, कर्णबहादुर थापाले ४२२ र बलबहादुर टमटाले ३९३ मत ल्याएर विजयी भएका छन् ।सुर्खेतको सिम्ता गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका मानसिंह कामीको पुरै प्यानल विजयी भएको छ ।

प्रकाशित मिति: २ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्