चारवटै महानगरमा एमालेको अग्रता, को–को पछ्याउँदैछन् ?


 



काठमाडौं, जेठ २
पहिलो चरणको मतगणनाअनुसार देशका चारवटै महानगरपालिकामा नेकपा एमाले अग्रस्थानमा देखिएको छ ।

काठमाडौं महानगरपालिकामा एमालेका विद्यासुन्दर शाक्य १७२ मतसहित अग्रस्थानमा छन् । उनलाई साझा पार्टीका किशोर थापाले पछ्याइरहेका छन् ।

थापाले १२० र कांग्रेसका राजुराज जोशीले १११ मत पाएका छन् । विवेकशील नेपालीकी रन्जु दर्शनाको ९१ मत छ । माओबादी केन्द्रका उम्मेदवार निकै पछाडि छन् । उनको खातामा ७ मत मात्रै छ ।

उपमेयर पदमा कांग्रेसकी हरिप्रभा खड्गी १५८ सहित अग्रस्थानमा छन् । राप्रपाका राजाराम श्रेष्ठको १२१, साझा पार्टीकी निरुपमा यादवको ९१ र माओवादी केन्द्रकी सुशीला पौडेलको ११ मत छ ।

ललितपुर महानगरपालिकामा एमालेका हरिकृष्ण व्यन्जनकार अगाडि छन् । उनले २ हजार ६२५ मत पाएका छन् । उनलाई कांग्रेसका चिरिबाबु महर्जनले २ हजार १७७ मतसहित पछ्याइरहेका छन् । माओवादीका दिनेश महर्जनले ८४७ मत पाएका छन् ।

निकै चासोका साथ हेरिएको चितवनको भरतपुर महानगरपालिकामा १ हजार १७५ मत गणना सकिएको छ र एमाले अघि छ । एमालेका देबी ज्ञवालीले ५३१ र माओवादीकी रेणु दाहालले ४५१ मत पाएकी छन् । उपमेयर पदमा एमालेकी दिव्या शर्मा आचार्यको ४५६ र कांग्रेसकी पार्वती शाहको ४५४ मत छ ।

कास्कीको पोखरा लेखनाथ महानगरपालिकामा पनि एमाले अघि छ । एमालेका मानबहादुर जीसीले १ हजार ६५, कांग्रेसका रामजी कुँवरले ७६७ मत पाएका छन् । संघीय समाजवादीका हुमबहादुर तमुको १९६ र राप्रपाको गिता गुरुङको ८१ मत छ ।

उपमेयरमा एमालेकी मन्जु गुरुङको १ हजार ५४, कांग्रेसकी सरस्वती गुरुङको ८४६ मत छ । संघीय समाजवादीकी लक्ष्मी परियारले ९२ र राप्रपाका रमेश खत्रीले ८० मत पाएका छन् ।

 

प्रकाशित मिति: २ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्