पोखराको वडानम्बर १ मा एमालेको प्यानल विजयी


 


पोखरा, जेठ २

देशकै ठूलो पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

२ हजार ४ सय ४३ मत सदर भएको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १ मा एमालेका शारदा पराजुली १ हजार १ सय १३ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टंकप्रसाद शर्माले ७ सय ९६ मत प्राप्त गरे ।

त्यस्तै महिला सदस्यमा एमालेकी प्रेमकुमारी शाही, दलित महिला सदस्यमा प्रेमदेवी परियार तथा खुल्ला सदस्यमा रुद्रप्रसाद सुबेदी (च्वाईं) र सहारा प्रधान बिजयी भएका छन् ।

प्रकाशित मिति: २ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्