प्रचण्ड र बाबुराम किन यसरी पराजित हुँदैछन् ?


 


मुमाराम खनाल

राजनीतीमा कतिपय कुराहरु अप्रिय लागे पनि गर्नुपर्छ । अहिले स्थानीय निर्वाचनको परिणाम आइरहेको छ। र, अत्यधिक परिणाम नेकपा(एमालेको पक्षमा गएको छ।

जसलाई माओवादी केन्द्रले यथास्थितीवादी, परिवर्तन विरोधी र कुनै अडान नभएको पार्टी भन्ने गर्थ्यो । तर अग्रगामी, प्रगतिशील र चट्टानी अडान भएको पार्टीको लज्जास्पद पराजय किन रु यसको कारण के हो ?

यसको एउटा कारण( मेरा पुराना मित्र द्वय पुष्पकमल दाहाल र बाबुराम भट्टराईको व्यक्तिवाद हो। यसको अर्को कारण( पुष्पकमल दाहाल र बाबुराम भट्टराईको पाखण्डपूर्ण अपारदर्शी चरित्र हो ।

र, अर्को महत्वपूर्ण कारण( उनीहरुको अराजनीतिक परिवार हो ( जसलाई उनीहरु दुवैले आफ्नो जीवनको अन्तिम उदेश्य बनाएका छन्।

त्यसैले उनीहरु दुवैको ‘पाखन्ड पराजय’ अहिले एमालेको ‘अखन्ड विजय’ मा देखा परेको छ । यो तथ्य क्षणिक मात्र हो । र, क्षणिक समयमा जनताले यसको बलियो प्रमाण प्रस्तुत गर्नेछन् ।

स्मरण रहोस, बाबुराम भट्टराई र उनको समुहलाई म माओवादीको ‘परेशान संस्करणु’मात्र ठान्छु ।

(खनालले फेसबुकमा लेखेको विचार)

प्रकाशित मिति: १ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्