प्रधानमन्त्री प्रचण्ड राजीनामाको तयारीमा


 


काठमाडौं, जेठ १
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही साता पदबाट राजीनामा दिने बताएका छन् । उनले जेठ ७ गतेभित्र संसद्ला‌ई सम्बोधन गरेर राजीनामा दिने बताएका हुन् ।

संसद् बैठक जेठ ४ गते बस्दैछ । राष्ट्रिय जनता पार्टीका नेताहरुसँग सोमबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यही साता संसद्‌लाई सम्बोधन गरेर राजीनामा दिन लागेको बताए ।

स्रोतका अनुसार प्रधानमन्त्री दाहाले संसद वैठकलाई सम्बोधन गर्दे वा जेठ ५ गतेभित्र राजीनामा दिने तयारीका छन् ।

राजपका नेताहरुसँगको भेटमा दाहालले आफूले राजीनामा दिइसकेपछि कामचलाउ सरकारले नै जेठ १५ मा बजेट ल्याउने बताएका थिए ।

साथै उनले दोस्रो चरणको चुनावअघि नै संविधान संशोधन गर्न सक्दो प्रयास गर्ने बताएको बुझिएको छ ।

प्रकाशित मिति: १ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्