भरतपुर महानगरपालिकामा रेणु एमालेका देवीलार्इ पछ्याउँदै, कसको मत कति ?


 


भरतपुर, जेठ १

सर्वाधिक चर्चामा रहेको भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । प्रधानमन्त्री पुत्री रेणु दाहाल र कांग्रेस माओवादी गठबन्धनका कारण भरतपुर महानगपालिका चर्चामा छ भने सबैको ध्यान खिच्न सफल भएको छ ।

आखिर भरतपुर महानगरपालिकाको मेयरको कुर्सीमा कोे बस्ला ? त्यो भने अनुमान गर्न कठिन छ । यद्यपी आइतबार भरतपुरवासीले प्रयोग गरेको गोप्य मतदानको बाकस खुल्न थालेसँगै यसको नतिजा विस्तारै आउने नै छ ।

एमालेका देवी ज्ञवाली र कांग्रेस–माओवादीका उम्मेदवार रेणु दाहालबिच तिब्र प्रतिस्पर्धा रहेको बताइन्छ ।

देवी ज्ञवाली ६८५

रेणु दाहाल ५२८

प्रकाशित मिति: १ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्