कति छन् एमालेले अग्रता लिएका नगरपालिका ?


 


काठमाडौं, जेठ १

आइतबार भएको स्थानीय तहको निर्वाचनको मत गणना अहिले जारी छ । जारी मत गणनामा कांग्रेस र एमालेबीच तीव्र प्रतिष्पर्धा भइरहेको छ ।

अहिलेसम्म मतगणना अनुसार नेकपा एमालेले १२ वटा नगरपालिकामा अग्रता लिएको छ  ।  एमालेले काठमाडौंको शंखरापुर, नागार्जुन र कीर्तिपुर नगरपालिकामा अग्रता लिएको छ ।

टोखा त्यस्तै काभ्रेको बनेपा,नुवाकोटको बिदुर,नवलपरासीको गैंडाकोट,देवचूली पनि एमालेको अग्रता देखिएको छ । त्यस्तै मकवानपुरको थाहा नगरपालिका र बाग्लुङको ढोरपाटन नगरपालिकामा पनि एमालेले अग्रता लिएको छ ।

त्यस्तै म्याग्दीको बेनी नगरपालिका र धादिङको धुनिबेसी नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ ।

प्रकाशित मिति: १ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्