नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकाको वडा नं ५ मा कांग्रेस विजयी


 


नवलपरासी, जेठ १

नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । २६ सय मत गणना हुँदा नेपाली कांग्रेसका अध्यक्ष उम्मेद्वार डम्बर जिसीले १५ सय ११ मत ल्याउनुभएको छ ।

यस्तै एमालेका उम्मेद्वार लक्ष्मण पाण्डेले ९ सय ४८ मत ल्याउनुभएको छ । उपाध्यक्षमा कांग्रेसकी मिना रानाले १५ सय ११ तथा एमाले उम्मेद्वार तारा बिकले ९ सय ५१ मत ल्याउनुभएको छ । गाउँपालिकाको वडा नम्बर ५ को सबै पदमा कांग्रेसका उम्मेद्वार विजयी भएका छन् ।

प्रकाशित मिति: १ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्