ललितपुरको महांकाल–६ को वडा अध्यक्षमा एमाले विजयी


 


काठमाडौं, जेठ १
ललितपुरको महांकाल नगरपालिकाको वडा नम्बर ६ मा एमाले उम्मेदवार रामकृष्ण आचार्य वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

केही समयअघि सम्पन्न मत गणनामा आचार्यले ३६१ मत पाएर विजयी बनेका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका बाबुलाल श्रेष्ठले २७३ मत ल्याएका थिए ।

प्रकाशित मिति: १ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्