स्थानीय तह निर्वाचन : मतगणना हुँदै, को–कहाँ अगाडी, कसको मत कति ?
काठमाडौं, जेठ १
पहिलो चरण अन्र्तगत आइतबार भएको स्थानीय तहको निर्वाचनको मतगणना शुरु भएको छ । कतिपय जिल्लामा आइतबार रातीबाटै मतगणना शुरु भएको छ भने अधिकांश ठाउँमा आज हुँदैछ ।
मनाङमा एमाले विजयी
मनाङको चामे गाउँपालिकामा नेकपा एमालेका लोकेन्द्र बहादुर घले २१४ मत ल्याएर बिजयी भएका छन । कांग्रेसकी प्रतिद्वन्दी अनिता लामाले १७३ मत ल्याएकी छन ।
कीर्तिपुरमा एमाले अगाडी
कीर्तिपुर नगरपालिका वडा नम्बर १ को मतगणना भइरहेको छ। मेयरमा एमालेका रमेश महर्जन ५७७ र कांग्रेसका राजकुमार नकर्मी ४५७ मत ल्याएका छन् ।
दक्षिणकाली नगरपालिकामा एमाले अगाडी
काठमाडौंको दक्षिणकाली नगरपालिकामा भइरहेको मतगणनामा एमालेले अग्रता लिएको छ । झण्डै दुईसय मत गणना भइसक्दा मेयरमा एमालेको १०५ र कांग्रेसको ४४ मत आएको छ । अहिले पनि मतगणना जारी छ ।
ललितपुरमा कांग्रेस अगाडी
ललितपुर महानगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । मध्यरातसम्म एमालेले अग्रता लिएकोमा पछिल्लो मत परिणाममा कांग्रेस अघि देखिएको हो ।
वडा नं १ बाट मतगणना सुरु भएको छ । पछिल्लो मत परिणाम अनुसार मेयरमा कांग्रेस चिरिबाबु महर्जन–२१८,एमाले हरिकृष्ण व्यन्जनकार–१८४ र माओवादीका दिनेश महर्जन–८३ मत प्राप्त गरेका छन् ।
शंखरापुर नगरपालिकामा एमाले अघि
काठमाडौंको शंखरापुर नगरपालिकामा मेयरमा नेकपा एमालेले अग्रता लिएको छ । आइतबार रातिदेखि नै मतगणना भइरहेकोमा पाँच सय भन्दा बढी मत गनिसक्दा एमालेले अग्रता लिएको हो ।
एमालेका मेयरका उम्मेद्वार सुवर्ण श्रेष्ठले एक सय ८७ मत पाउनु भएको छ । यस्तै माओवादी केन्द्रका मेयरका उम्मेद्वार कृष्णराज सुवेदीले १३८ तथा कांग्रेसका मेयर उम्मेद्वार शंकर तिवारीले ७१ तथा राप्रपाका मेयर उम्मेद्वार मिजेन्द्रकाजी श्रेष्ठले १८ मत पाउनुभएको छ ।
नवलपरासीमा एमालेलाई अग्रता
नवलपरासीको गैंडाकोट र देवचुलीमा एमालेका उम्मेदवार अगाडि देखिएका छन् । गैंडाकोटमा झण्डै डेढसय मत गणना हुँदा एमालेको ७४ र कांग्रेसको ५६ मत आएको छ ।
देवचुलीमा ५ सयभन्दा धेरै मत गणना हुँदा एमालेलाई २०६, कांग्रेसलाई १९० र माओवादीलाई १०५ मत प्राप्त भएको छ ।
रुकुममा कांग्रेस
रुकुमको मुसिकोट नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । राती सुरु भएको मतगणनाको पछिल्लो विवरण अनुसार मेयरमा कांग्रेस उम्मेदवारले अग्रता लिएका हुन् । झण्डै एकसय मत गणना हुँदा कांग्रेसको ५२, माओवादीको ३१ र एमालेको ११ मत आएको छ
थाहा नगरपालिकामा एमाले अगाडी
मकवानपुरको थाहा नगरपालिकामा नेकपा एमाले अगाडी रहेको छ । वडा नम्बर पाँचको चार सय मत गणना हुँदा नेकपा एमालेको मेयर उम्मेदवार विष्णु ढकालले एकसय ५६, उपमेयर उम्मेदवार कल्पना बलामीले एकसय ५१ मत प्राप्त गरेका हुन् ।
सल्यानको दार्मा गाउँपालिकामा माओवादी केन्द्रको अग्रता
सल्यानको दार्मा गाउँपालिकामा माओवादी केन्द्रको अग्रता छ । माओवादी केन्द्रतर्फबाट अध्यक्ष उम्मेदवार निमबहादुर केसीले २०२ मत ल्याएका छन्।
यस्तै कांग्रेसका उम्मेदवार रामचन्द्र केसीले ९८ मत प्राप्त गरेका छन् ।
बेनी नगरपालिकामा एमाले–राप्रपा गठबन्धनको अग्रता
बेनी नगरपालिकाको मतगणना सुरु भएको छ । बेनपा–१ स्थित भानु मावि र रामचन्द्र मावि केन्द्रको मतगणना सुरु भएको हो ।
अहिले बेनपा–१ रत्नेचौरको ४०० मतगणना भएको र एमाले–राप्रपा गठबन्धनका उम्मेदवारले २०५ र काँग्रेस–माओवादी केन्द्रले १५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जुम्लामा मतगणना सुरु, चन्दननाथमा काँग्रेस अगाडि
जिल्लाको चन्दननाथ नगरपालिका, पातारासी, हिमा, कनकासुन्दरी गाउँपालिकामा मतगणना सुरु भएको छ । चन्दननाथ नगरपालिकाको एक वडाबाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुभयो ।
पहिलो चरणमा ११२ मतगणना भएको उहाँले बताउनुभयो । जसमा नेपाली काँग्रेस प्रमुखका उम्मेदवार कान्तिका सेजुवालले ६६, उपप्रमुख जगतबहादुर खत्रीले ५३, नेकपा माओवादी केन्द्र का प्रमुखका उम्मेदवार अशोक श्रेष्ठले २८ र उपप्रमुख अप्सरा ज्यौपानेले ३० मत र नेकपा एमाले प्रमुखका उम्मेदवार शान्तिलाल महतले १०, उपप्रमुख मेनका रेग्मी चौलागाईंले आठ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिनुभयो ।
नुवाकोटको तादी गाउँपालिकामा नेपाली कांग्रेस अगाडी
नुवाकोटको तादी गाउँपालिकामा नेपाली कांग्रेस अगाडी देखिएको छ । तादी गाउँपालिकको वडा नम्बर १ को मत गणना जारी छ । अहिलेसम्म ८२३ मत गणना भएको छ ।
नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार नारायणप्रसाद पाण्डेले ३४८, नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी लामिछानेले २८५ र नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार मानसिंह तामाङ १५४ मत ल्याएका छन् ।
विदुरमा एमाले अगाडी
विदुर नगरपालिकाको वडा नम्बर १ को मतगणना जारी छ । २ सय ८७ मत गनिएकोमा नेकपा एमालेका मेयरका उम्मेदवार सन्जु पण्डितले १५०, नेपाली कांग्रेसका मेयरका धु्रव अधिकारीले १०७ मत ल्याएका छन् । नेकपा माअोवादी केन्द्रमा मेयरका उम्मेदवार लिलानाथ न्यौपानेले १४ मत ल्याएका छन् ।
कास्कीको मादी गाउँपालिकामा एमाले अगाडी
कास्की मादी गाउँपालिकाको मतगणना सुरु भएको छ । बिहान ४ बजे देखि सुरू भएको मतगणनामा नेकपा एमाले अगाडि देखिएको छ।
एमालेबाट गाउँपालिकाका अध्यक्षका उमेद्वार बेद गुरुङले १ सय ७६ मत ल्याएका छन् भने काग्रेसका देवीजंग गुरूङले १ सय ३२ मत ल्याएका छन्।
अहिलेसम्म ३ सय २२ मतगणना भइसकेको छ। मादी गाउँपालिकामा १३ हजार ५ सय ५९ मतदाता रहेकोमा ९ हजार ८ सय ८० मत खसेको थियो।
बनेपामा एमाले अग्रता
काभ्रेको बनेपा नगरपालिकाको मेयरमा एमाले उम्मेदवारले अग्रता लिएका छन् । सोमबार बिहानसम्म भएको मत गणना अनुसार एमाले उम्मेदवारले १०१ मत पाएका छन् भने कांग्रेस उम्मेदवारले ६७ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवार १४ मत ल्याएका छन्। मतगणना जारी छ।
जिरी नगरपालिकाको १ नम्वर वडामा कांग्रेस विजयी
दोलखाको जिरी नगरपालिकाको १ नम्बर वडामा कांग्रेस उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षका उम्मेदवार लाक्पा शेर्पाले २९७ मत ल्याएर विजयी भएका हुन् ।
पछिल्लो मत परिणाम अनुसार मेयरमा कांग्रेस उम्मेदवार सोनाम शेर्पाको ३०१, माओवादी केन्द्रका गेम्वु शेर्पाको १६६ र एमाले उम्मेदवार टंक जिरेलको १३७ मत आएको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिकामा माओवादीको अग्रता
सिन्धुलीको गोलन्जोर गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । गाउँपालिकाको प्रमुखमा माओवादीका ज्वालाप्रसाद न्यौपानेले ३८३ मत ल्याउनुभएको छ ।
यस्तै कांग्रेसका प्रमुख उम्मेद्वार पुष्प कार्कीले १९३, एमाले उम्मेद्वार टिकाबहादुर देवकोटाले ८२ मत पाउनुभएको छ । यस्तै उपप्रमुखमा पनि माओवादीले अग्रता लिएको छ ।
बाँफिकोट गाउँपालिका १ र सानीभेरी गाउँपालिका १ मा माओवादी उम्मेदवार विजयी
माओवादी केन्द्रले रुकुम जिल्लाका दुई वटा वडाबाट विजयी सुरुवात गरेको छ । बाँफिकोट गाउँपालिका १ र सानीभेरी गाउँपालिका १ मा माओवादीका उम्मेदवारहरु विजयी भएका छन् ।
बाँफिकोट गाउँपालिका १ मा नेपाली कांग्रेस, नेकपा एमाले र नयाँ शक्तिको संयुक्त प्यानललाई हराउँदै माओवादी केन्द्रले विजयी सुरुवात गरेको हो ।
संयुक्त प्यानलबाट अध्यक्षका उम्मेदवार कर्णवहादुर मल्ललाई ५० मतले पराजित गर्दै माआवादी केन्द्रका हर्कु मल्ल वडा अध्यक्षमा विजयी भएका हुन् ।
दैलेखको डुङ्गेश्वर गाउँपालिका को १ वडामा एमालेको प्यानल विजयी
दैलेखको डुङ्गेश्वर गाउँपालिका को १ वडामा मतगणना सकिएको छ। सो वडामा नेकपा एमालेको सम्पूर्ण प्यानल विजयी भएको छ।
कास्कीको मादी गाउँपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी
कास्कीको मादी गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । मादी वडा नम्बर १ को वडाध्यक्षमा एमाले उम्मेदवार सुरजकुमार गुरुङ विजयी भएका हुन् । गुरुङले ६ सय २६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवीजंग गुरुङले ५ सय मत प्राप्त गरे ।
त्यस्तै, एमालेका महिला सदस्य खासमाया गुरुङ, दलित महिला सदस्य रुपा सार्की र खुल्ला सदस्यमा टिकाराम गुरुङ र भीमराज गुरुङसहित प्यानल विजयी भएको हो ।
कास्कीका चार गाउँपालिकामा मतगणना सुरु, मादीमा एमाले अगाडि
कास्कीका चारवटै गाउँपालिकामा मतगणना सुरु भएको छ । मादी गाउँपालिकामा भने राति ४ बजेबाटै सुरु भएको र सो गाउँपालिकामा एमाले अगाडि भएको निर्वाचन अधिकृत गुरुदत्त ढकालले वताउनुभएको छ ।
अहिलेसम्म एक हजार १८८ मतगणना गरिएकामा अध्यक्ष पदका प्रत्यासी नेकपा एमालेका बेदबहादुर गुरुङले ६५६, नेपाली काँग्रेसका देवीजङ्ग गुरुङले ४७३, नेकपा ९माओवादी केन्द्र०की राधा सापकोटाले १७ मत प्राप्त गर्नुभएको छ ।
सो गाउँपालिकाको वडा नं १ मा नेकपा एमालेले वडाध्यक्षसहित दुई खुल्ला सदस्य, एक÷एक महिला सदस्य र दलित महिला सदस्यमा विजयी हासिल गरेको छ ।
सो गाउँपालिकामा १३ हजार ५५९ मतदाता रहेकामा नौ हजार ८८० मत खसेको थियो ।
जिल्लाका रुपा, अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकामा अहिले सर्वदलीय बैठक सकेर मतगणना सुरु भएको छ ।
प्रकाशित मिति: १ जेष्ठ २०७४, सोमबार