एकसय चार वर्षीय वृद्धद्वारा मतदान


 


गैँडाकोट, वैशाख ३१

स्थानीय तहको निर्वाचनमा गैँडाकोट नगरपालिका वडा नं ८ निवासी १०४ वर्षीय भूमिश्वर सापकोटाले पहिलो मतदान गरी निर्वाचन सुरु भएको छ ।

प्रदेश नं ४ अन्तर्गत रहेको गैँडाकोट नगरपालिकाको कालिका मतदान केन्द्रमा भएको मतदानमा सापकोटाले मतदान गर्नुभएको हो ।

निर्वाचन शान्तिपूर्ण तरिकाले भइरहेको मतदान अधिकृतले जानकारी दिएका छन् ।

प्रकाशित मिति: ३१ बैशाख २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्