अज्ञात व्यक्तिको गोली प्रहारबाट एकको मृत्यु


 


बनेपा, वैशाख ३१

अज्ञात व्यक्तिको गोली प्रहारबाट नवबुद्ध नगरपालिका–४ निवासी २८ वर्षीय नवराज पाठकको मृत्यु भएको छ ।

शनिबार राति घर बाहिर निस्केका बेला पाठकको दाहिने छातीमा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।

घटनाका बारेमा विस्तृत अनुसन्धान भइरहेको प्रनाउ राईले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: ३१ बैशाख २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्