पाकिस्तानी सेनाको गोली लागेर दुई भारतीयको मृत्यु


 


जम्मु (भारत), वैशाख ३०

पाकिस्तानी सेनाद्वारा भारत, पाकिस्तान सीमा क्षेत्रस्थित भारतीय भूमितर्फ चलाएको गोली लागी दुईजना भारतीय सर्वसाधारणको मृत्यु भएको र घटनामा तीनजना घाइते भएका भारतीय सेनाले बताएको छ ।

जम्मु कास्मिरको रजौरी जिल्लामा भएको आक्रमणपछि भारतद्वारा जवाफी आक्रमण सुरु भएपछि पाकिस्तानी सेना पछि हटेको यस राज्यका रक्षामन्त्री मनिस मेहताले बताउनुभयो ।

मेहताका अनुसार पाकिस्तानी सेनाले सानो तथा स्वचालित हतियारद्वारा ८२ मिलिमिटर र १२० मिलिमिटरका मोटारले बिहान ७ः१५ बजे आक्रमण गरेका थिए ।

घटनापछि करिब १०० जनालाई सुरक्षित स्थानमा सारिएको छ भने शनिवार समाचार तयार पार्दासम्म दोहोरो फायरिङ भइरहेको छ ।

प्रकाशित मिति: ३१ बैशाख २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्