निर्वाचन सफल बनाउन राष्ट्रपतिको अपिल


 


काठमाडौँ, वैशाख ३०

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार हुने स्थानीय तहको निर्वाचन सफल बनाउन आह्वान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले शनिबार मतदाताको नाममा सन्देश जारी गर्दै निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउन आह्वान गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले सन्देशमा भन्नुभएको छ, “देश नयाँ संरचनामा गएको परिप्रेक्ष्यमा यो निर्वाचन नेपालको संविधानले २०७४ माघ ७ गतेभित्र सम्पन्न हुनु पर्ने भनी अंगिकार गरेको तीन तहको निर्वाचनको पहिलो खुड्किलो भएकाले यसको आफ्नै महत्व छ । यो निर्वाचनले स्थानीय तहलाई अधिकार सम्पन्न गराई स्थायित्व र आर्थिक सम्वृद्धिको ढोका खोल्ने छ भन्ने मलाई विश्वास छ ।”

राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनमा उत्साह र उमङ्गका साथज सहभागी भई संविधान प्रदत्त वालिग मताधिकारको प्रयोग गर्न आम मतदातालाई अपिल गर्नुभएको छ ।

प्रकाशित मिति: ३० बैशाख २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्