विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मुगुमा निर्वाचन सामग्री लुटे


 


काठमाडौं, वैशाख ३०

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले शनिबार मुगुमा मतपेटिकासहित निर्वाचन सामग्री लुटेका छन्। उनीहरुले प्रहरीको हेन्डसेट चार्जर पनि तोडफोड गरेका छन् ।

छायाँनाग–रारा नगरपालिका वडा नंं। १२ को नेरा निमावि केन्द्रमा खटिएको टोलीबाट उक्त सामग्री लुटेका प्रहरीले जनाएको छ।

बिहान १०ः४५ करिब तीन सयको संख्यामा आएको समूहले प्रहरी सामग्री लुटेको प्रहरीले जनाएको छ।

मुगुका प्रहरीप्रमुख डिएसपी शारदाप्रसाद चौधरीका अनुसार घटनास्थलमा इन्स्पेक्टर ध्रुव थापाको कमाण्डमा थप प्रहरी पठाइएको छ । नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि त्यसतर्फ गएको चौधरीले जानकारी दिए ।

असई भीमबहादुर शाहीको कमाण्डमा चार प्रहरी र चार म्यादी खटिएका थिए। घटनास्थल सदरमुकाम गमगढीदेखि करिब चार घण्टा पूर्वदक्षिण पर्छ।

प्रकाशित मिति: ३० बैशाख २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्