एमाले नेता केशव बडाललाई हृदयघात, अस्पताल भर्ना


 


काठमाडौँ, वैशाख २९
नेकपा (एमाले) सल्लाहकार परिषद्का केशवप्रसाद बडाल अस्वस्थ भई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा आज भर्ना भएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार उनको मुटुमा समस्या देखिएकाले शल्यक्रिया गरिएको छ ।

अपराह्न पार्टी कार्यालय आउनुभएका सांसद बडाललाई छाती र पेट दुखेपछि चाबहिलस्थित हेल्पिङ ह्यान्ड अस्पतालमा उपचारका लागि लगिएकामा त्यहाँ प्रारम्भिक उपचारपछि शिक्षण अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

उनको अवस्था अहिले सामान्य छ । यसैबिच पार्टी अध्यक्ष केपी शर्मा ओली बडालाई भेट्न अस्पताल जाँदैछन् ।

प्रकाशित मिति: २९ बैशाख २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्