यी हुन् महिलाको जिम्मामा रहेका मतदान केन्द्र


 


नुवाकोट, वैशाख २८

स्थानीय तह निर्वाचनको लागि जिल्लामा दुई मतदान केन्द्रको जिम्मा महिला कर्मचारी र सुरक्षाकर्मीले सम्हाल्ने भएका छन् ।

जिल्लामा रहेका दुई सय ४० मतदान केन्द्रमध्ये विदुर नगरपालिका – ४ को बट्टार क्याम्पस मतदान केन्द्र र वडा नं ६ को महारानी डिही मतदान केन्द्रमा महिलाकै नेतृत्व र सहभागितामा मतदान सञ्चालन हुनेछ ।

मतदान केन्द्रमा सबै कर्मचारी र सुरक्षाकर्मी पनि महिला मात्र परिचालन गरिएको सहायक मतदान अधिकृत महिमानसिंह विष्टले जानकारी दिनुभयो ।

बट्टार क्याम्पस मतदान केन्द्रको मतदान अधिकृतमा भुला भण्डारी र महारानी डिही मतदान केन्द्रको मतदान अधिकृतमा अम्बिका घिमिरे हुनुहुन्छ ।

ती मतदान केन्द्रमा छ÷छ कर्मचारी र ८÷८ सुरक्षाकर्मी खटाइएको छ । मतदान केन्द्रमा म्यादी प्रहरी पनि महिला नै खटाइएको छ ।

प्रकाशित मिति: २८ बैशाख २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्