नागरिक लगानी कोष र एनएमबी बैंकबीच एफपिओ सम्झौता


 


काठमाडौँ, वैशाख २८

नागरिक लगानी कोष र एनएमबी बैंकबीच फर्दर पब्लिक इस्यु (एफपिओ) सम्बन्धी सम्झौता भएको छ ।

बैंकको एक करोड १४ लाख १५ हजार एक सय ६३ कित्ता सेयर निष्काशन गर्ने सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हस्ताक्षर गर्नुभयो ।

प्रति सेयर मूल्य रु एक सयमा प्रिमियम मूल्य थप गरी सेयर निष्काशन गरिने पनि सम्झौतामा उल्लेख छ । रासस

प्रकाशित मिति: २८ बैशाख २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्