चितवन पुगेर देउवा, ओली र दाहालले के–के भने ?


 


काठमाडौं, वैशाख २८

चितवनको भरतपुर महानगरपालिका यतिबेला निकै चर्चामा छ । कारण हो, सत्ता गठबन्धनमा रहेका दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रले तालमेल गराएर उम्मेदवार उठाएका छन् ।

उम्मेदवार भने प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहाल रहेकी छिन् । छोरीलाई मेयरमा उठाएको भनेर दाहालको सर्वत्र आलोचना भइरहदा कांग्रेसकै मेयरका उम्मेदवारको अन्तिम समयमा टिकट खोसिएको थियो ।

जसका कारण कांग्रेस सभापती शेरबहादुर देउवा सर्वत्र आलोचित बन्न पुगेका छन् ।

यतिबेला देशको तीन ठुला दलका लागि भरतपुर महानगरपालिका प्रतिष्ठाको विषय बनेको छ । जुन दृश्य बिहिबार देखिन्थ्यो । तीन वटै दलका प्रमुखहरु भरतपुर पुगेर चुनावी सभालाई सम्बोधन गरेका छन् ।

दाहाल–देउवाले एउटै सभामा सम्बोधन गरे भने ओलीले छुट्टै सभालाई सम्बोधन गरेका छन् ।

सभामा कसले के भने ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादीसँग आगामी संसदीय चुनावपछि पनि दीर्घकालीन सहकार्य गरिने बताएका छन् ।देउवाले प्रचण्डको चाहना पनि कांग्रेससँग दीर्घकालीन सहकार्य गर्ने रहेको बताए ।

भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादीवीच भएको तालमेलको प्रशंग कोट्याउँदै कांग्रेस सभापति देउवाले भने( नेपालमा यसको धेरै ठूलो राजनीतिक महत्व छ, अहिले हाम्रो संयुक्त सरकार छ ।

उनले पोखरा महानगरपालिकामा माओवादीले कांग्रेसलाई सघाएका कारण भरतपुरमा कांग्रेसले माओवादीलाई सघाएको स्पष्ट पारे ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस कार्यकर्तालाई अब झोक्राएर नबस्नसमेत आग्रह गरे ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशीका अघिल्तिर लम्पसार पर्दा-पर्दा सत्ताधारी दलका नेताहरुको घुँडाभरि घाउ नै घाउ भएको टिप्पणी गरेका छन् ।

भरतपुर महानगरपालिकामा एमाले चितवनले गरेको वृहत चुनावी सभालाई सम्वोधन गर्दै ओलीले भने- ‘राष्ट्रिय एकता र अखण्डतालाई कमजोर बनाउन परिएको लम्पसारले उनीहरुका घुँडामा टाटैटाटा परेका छन् ।’

माओवादी-कांग्रेस गठवन्धनतर्फ संकेत गर्दै पूर्वप्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले नाम्लो लगाएर माओवादी बोकेको आरोप लगाए ।

माओवादीले युद्धका नाममा युवाहरुको भविश्य र समय बर्बाद बनाएको बताउँदै ओलीले भने( ‘अरुका छोराछोरी मार्न लगाएर आफ्ना छोराछोरी मेयर बनाउँदैछन्, त्यो पनि देउवाको विवेकलाई बन्धकी बनाएर ।’

 

 

 

 

 

माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले देउवा र आफू एकसाथ आएर सम्बोधन गरेपछि भरतपुरमा यो गठबन्धनलाई अब झिनो मतले जित्ने छुट नभएको बताए ।

रेणु दाहाल आफ्नो छोरी मात्र नभएको भन्दै उनले भने, ‘रेणु दाहाल प्रचण्ड पुत्री भनेको मलाई मिठो लागेको छैन ।

प्रकाशित मिति: २८ बैशाख २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्