भानुआटुमा ६.८ म्याग्निच्युडको भूकम्प


 


हङकङ, वैशाख २६
भानुआटुको उत्तरी क्षेत्र पोर्ट ओल्री क्षेत्रमा स्थानीय समयअनुसार मङ्गलबार दिउँसो १ बजेर ५२ मिनेटको समयमा ६.८ रेक्टर स्केलको भूकम्पीय धक्का महसुस गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु पोर्टओल्रीबाट ६२ किलोमिटर उत्तरमा १७५.४ किलोमिटर गहिराईमा रहेको यूएसजीएसले जनाएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: २७ बैशाख २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्