अत्तरिया कपको उपाधि राइजिङ क्रिकेट काठमाडौंले जित्यो


 


धनगढी, वैशाख २६

कैलालीको अत्तरीयामा भएको रुस्लान अत्तरीया कपमा विभागीय टोली एपिएफलाई पराजित गर्दै राईजिङ्ग क्रिकेट वुमन काठमाडौंले उपाधि जितेको छ ।

राईजिङ्ग क्रिकेट वुमन काठमाडौंल नगद २ लाख र ट्रफी हात पारेको छ भने उपविजेता भएको विभागीय टोली एपिएफले एक लाख रुपैयाँ पाएको छ ।

अत्तरीया स्थित एपिएफको खेल मैदानमा भएको फाइनलमा टस जितेर पहिले ब्याटिङ्ग गरेको राईजिङ्ग क्रिकेट वुमन काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५२ रन बनायो ।

राईजिङ्गका लागि अलराउण्डर विदेशी खेलाडी पूजा निमाभाटले ४ चौकाको मद्दतले ३७ रन बनाइन् ।

त्यस्तै अर्की विदेशी खेलाडी सहनवाज प्रविणले तीन चौकाको मदतले २५ बनाइन् । यस्तै शान्ता मुखर्जीले २३, शान्ति खतिवडाले २१, नेरी थापा र आरति विडारीले समान १३र१३ रन बनाए ।

एपिएफकी सरिता मगरले ४ ओभरमा २९ रन खर्चिदै ३ विकेट लिइन् । १ सय ५३ रनको विजय लक्ष्य पछ्याउँदै मैदान प्रवेश गरेको विभागीय टिम एपिएफले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ३६ रन मात्रै बनाउन सक्यो ।

एपिएफकी पूजा पाण्डेले ४८ रन बनाए पनि टिमलाई जित दिलाउन सकिनन् । राईजिङ्ग क्रिकेट वुमन काठमाण्डौकी पूजा निमाभाटले ४ ओभरमा १७ रन खर्चिदै ४ विकेट हात पारिन ।

प्रतियोगितामा १ सय ७ रन बनाउदै ११ विकेट लिएकी राईजिङ्ग क्रिकेट वुमन काठमाडौंकी पूजा निमाभाट उत्कृष्ट खेलाडी घोषित हँदै नगद २५ हजार रुपैयाँ हात पारिन ।

त्यस्तै राईजिङ्गकै शान्ता मुखर्जी उत्कृष्ठ विकेट किपर भइन भने विभागीय टोली एपिएफकी ज्योति पाण्डेय र सरिता मगर क्रमशः उत्कृष्ठ ब्याट्वुमन र बलर घोषित हुँदै १० हजार नगद प्राप्त गरे ।

प्रकाशित मिति: २६ बैशाख २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्