विजय गच्छदारले को–को बनाउँदैछन् राज्यमन्त्री ?


 


काठमाडौं, वैशाख २६
सोमबार विजय गच्छदार प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा सामेल भएसँगै आज तीन राज्यमन्त्री थपिँदैछन् । गच्छदारले तीनजना राज्यमन्त्री थप्न लागेका हुन् ।

राज्यमन्त्रीहरुको सपथग्रहण कार्यक्रम साँझ पाँच बजे तय भएको छ । गच्छदारले उपप्रधान तथा स्थानीय विकास, जितेन्द्र देवले पर्यटन र गोपाल दहिले भुमिसुधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

राज्यमन्त्री बन्ने भनेर यशोदा लामा, सुमित्रा थारु, जनकराज चौधरी, कल्पना चौधरी, डा. सुबोध पोख्रेल लगायतको नाम चर्चामा छ ।

प्रकाशित मिति: २६ बैशाख २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्