गुण्डा नाइके चक्रे मिलन पक्राउ


 


काठमाडौं, वैशाख २६
गुण्डा नाइके चक्रे मिलन पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख छविलाल जोशीले चक्रे मिलनलाई मंगलबार दिउँसो महाराजगञ्जबाट पक्राउ परेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय काठमाडौं र अपराध महाशाखाले झन्डै डेढ महिना अगाडि राजधानीमा आतंक फैलाउने गुण्डाको सूची बनाएको थियो । सोही सूचीको आधारमा मंगलबार चक्रे पक्राउ परेका हुन्।

महानगरीय प्रहरी अपराध महाशाखले केही दिन अघि चर्चित अर्का गुण्डा नाइके दीपक मनांगेलाई राजधानीको ठमेल क्षेत्रबाट पक्राउ गरेको थियो।

महानगरीय प्रहरीले आगामी आइतबार हुने स्थानीय निर्वाचनलाई भयरहित बनाउन समाजमा आतंक फैलाउदै हिडेको आरोपमा डन चक्रेलाई पनि पकाउ गरेको हो ।

प्रकाशित मिति: २६ बैशाख २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्