चेल्सीले इङिलस लिग जित्ने पक्का
वैशाख, २६
सबैभन्दा कठिन लिग मानिने इङिलस प्रिमियर लिग चेल्सीले आफ्नो पोल्टामा पार्ने सुनिश्चित गरेको छ । गएराती मिडल्सवर्गलाई ३–० गोलले पराजित गर्दै चेल्सीले यो वर्षका लिग उपाधि जित्ने सम्भावनालाई लगभग सुनिश्चित गरेको हो ।
३५ खेल सकिंदा र ३ खेल बाँकी हुँदा चेल्सीको ८४ अंक भएको छ । चेल्सीलाई टक्कर दिंदै आएको टोटनहम ३५ खेल खलिसक्दा ७ अंकले पछि छ अर्थात उसको ७७ अंक छ ।
अब बाँकी तीन खेलमा नाटकीय अवस्था देखिएन भने चेल्सीले लिग सहज रुपमा जित्नेछ । अबको एक खेल जिते चेल्सीले दुई खेल अगावै लिग जित्नेछ ।
टोटनहमले जित्न तीनवटै खेल जित्नुपर्ने र चेल्सीले तीनवटै खेल हार्नुपर्ने हुन्छ । जुन सम्भव हुन निक्कै गाह्रो छ ।
रेलिगेसनमा पर्न लागेको मिडल्सवर्गलाई सहजरुपमा ३–० हराएको खेलमा चेल्सीका लागि डिएगो कोस्टाले २३, मार्कोस एलन्सोले ३४ र म्याटिकले ६५ औं मिनेटमा गोल गरे ।
प्रकाशित मिति: २६ बैशाख २०७४, मंगलबार