माओवादी सचेतकलाई पहिलो पार्टी लेख्ने रहर लागेपछि…


 


काठमाडौँ, वैशाख २६
यतिबेला नेकपा माओवादी केन्द्र राष्ट्रिय दलको पोजिसनमा तेस्रो स्थानमा छ भने सरकारको नेतृत्व पुष्पकमल दाहालले गरेका छन् ।

पहिलो संविधानसभाको निर्वाचन २०६४ मा माओवादी केन्द्र पहिलो दलको हैसियतमा थियो भने २०७० मा भएको दोस्रो संविधान सभाको निर्वाचनमा तेस्रो दल हुन पुग्यो ।

आगामी स्थानीय तहमा उसको हैसियत के हुने हो ? त्यो भने अहिले नै भन्न सक्ने स्थिति छैन । तर माओवादी केन्द्रकै एकजना नेतृले भने पहिलो दल भनेर सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दा २४ घण्टे स्पष्टिकरण बेहोर्नु परेको छ ।

माओवादी केन्द्र संसदीय दलका सचेतक सीता नेपालीले आयोगको भनाई उधृत गर्दे फेसबुममाम गलत सूचना लेखेकी थिईन ।

पहिलो चरणको स्थानीय तहको निर्वाचनका क्रममा केही ठाउँमा निर्विरोध निर्वाचित भएको संख्या उनले माओवादी केन्द्रको पहिलो भएको तथ्यांक तोडमोड गरेकी थिईन । तर यथार्थमा भने एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा थियो ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै नेपालीलार्य २४ घन्टे स्पष्टीकरण सोधेको हो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार फेसबुकमार्फत गलत सूचना सम्प्रेषण गरी आचारसंहिताको उल्लङ्घन गरेको भन्दै नेपालीसँग स्पष्टीकरण सोधेको हो ।

सचेतक नेपालीले आयोगका प्रवक्ताको भनाइ भन्दै ‘माओवादी केन्द्र–१४५, नेपाली काँग्रेस–१३५, नेकपा (एमाले)–२५, राप्रपा–२ र नयाँ शक्ति–१’ ठाउँमा निर्विरोध सदस्य निर्वाचित भएको गलत सूचना फेसबुक स्टाटसमा राखेको भन्ने उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार पहिलो चरणको स्थानीय तह निर्वाचनमा ३ सय १६ जना निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा १ सय ४२ जना नेकपा एमालेका उम्मेद्वार रहेको छन् ।

कांग्रेसका ९४ र माओवादी केन्द्रका ३६ उम्मेद्वार निर्विरोध भएका छन् । यस्तै ३२ स्वतन्त्र तथा नयाँ शक्तिका १ उम्मेद्वार निर्विरोध निर्वाचित भएका हुन्

प्रकाशित मिति: २६ बैशाख २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्