मदिरा सेवन गरेर होहल्ला गर्ने आठ प्रहरी निलम्बित
धादिङ, वैशाख २५
स्थानीय तह निर्वाचनको सुरक्षाका लागि खटिइएका प्रहरीले मदिरा सेवन गरी होहल्ला गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले आज प्रहरी हवल्दारसहित आठ प्रहरीलाई निलम्बन गरेको छ ।
स्थानीय निर्वाचनको सुरक्षार्थ हेटौँडास्थित रातामाटे गणबाट आएका प्रहरीलाई राति मदिरा सेवन गरी होहल्ला गरेको अवस्थामा भेटिएको कार्यालयले जनाएको छ ।
अभियुक्तलाई तत्काल निलम्बन गरी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शरदकुमार खत्रीले बताउनुभयो । स्थानीय तह निर्वाचनको सुरक्षार्थ धादिङमा बाहिरी जिल्लाबाट पाँच सय प्रहरी ल्याइएको छ ।
प्रकाशित मिति: २५ बैशाख २०७४, सोमबार