घुस लिँदालिँदै नासु पक्राउ


 


इटहरी, वैशाख २५

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पूर्वाञ्चल क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले आज कोसी अञ्चल यातायात व्यवस्था कार्यालयका नायब सुब्बा विनोद दाहाललाई सेवाग्राहीबाट रु आठ हजार घुस लिँदालिँदैको अभियोगमा नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीबाट घुस लिइरहेका बेला आयोगका ओम खनालको नेतृत्वमा पुगेको टोलीले उनलाई थलोबाटै पक्राउ गरेको अभियोग लगाइएको छ ।

घुस लिने बहानामा उनले तीन दिनदेखि सेवाग्राहीको काम रोकेको बताइएको छ । अभियुक्त दाहालमाथि आयोगको टोलीले सोधपुछ र अनुसन्धान गरिरहेको आयोगका पूर्वाञ्चल प्रमुख प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २५ बैशाख २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्