मोरङ व्यापार सङ्घमा सारडा समुहको बहुमत


 


पथरी (मोरङ), वैशाख २५

मोरङ व्यापार सङ्घको ३१ औँ कार्य समितिको लागि आइतबार सम्पन्न निर्वाचनमा पवनसारडा पक्षले बहुमत हासिल गरेको छ ।

गए राति सम्पन्न मतगणनाअनुसार सारडा समूहबाट उद्योगतर्फबाट अनुपम राठी, ९५८९० पवनकुमार सारडा ९३५६० अनिल सारडा ९३५०० दिपेश सुवेदी ९३५०० पवन राठी ९३४२० देवासीस गोल्छा ९३३८० सुनिलकुमार टिवडेवाल ९३३७० ललीतकुमार बोहोरा ९ ३२६० मत ल्याई कार्यकारी सदस्यमा विजयी हुनु भएको छ ।

त्यसैगरी उद्योगी एव्म वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउत पक्षका बहुसङ्ख्यक उम्मेदवार पराजित हुनुभएको छ ।

पवन सारडा व्यापार सङ्घको पूर्व अध्यक्ष हुनुहुन्छ । हाल विजयकुमार गच्छदार नेतृत्वको नेपाल फोरम लोकतान्त्रिकका तर्फका सांसद हुनुहुन्छ ।

मोरङ व्यापार सङ्घका निर्वाचन अधिकृत अधिवक्ता भरत थापाका अनुसार व्यापार सङ्घको सदस्यमा निर्वाचित प्रतिनिधिले अध्यक्ष, उपाध्यक्ष र महासचिव छान्ने छन् । रासस

प्रकाशित मिति: २५ बैशाख २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्