राष्ट्रपति र प्रधानन्यायाधीशबीच भेट, के–के भयो कुराकानी ?


 


काठमाडौँ, वैशाख २४

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानन्यायाधीश सुशीला कार्कीबीच शिष्टाचार भेट भएको छ ।

शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज साँझ भएको भेटमा कानुन दिवसका अवसरमा राष्ट्रपति भण्डारीलाई औपचारिक निमन्त्रणा दिनुभएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिनुभयो ।

कानुन दिवस यही वैशाख २६ गते परेको छ । कानुन दिवसमा भेटका अवसरमा समसामयिक विषयमा समेत छलफल भएको बुझिएको छ ।

प्रकाशित मिति: २४ बैशाख २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्