कैलाली क्रिकेट एकेडेमी सेमिफाइनलमा


 


धनगढी, वैशाख २४

कैलालीको अत्तरीयामा जारी ‘रुस्लान अत्तरीया कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता’अन्तर्गत आज भएको खेलमा कैलाली जिल्ला क्रिकेट एकेडेमीले बारा क्रिकेट एकेडेमीलाई आठ विकेटले पराजित गरेको छ ।

जितसँगै कैलाली जिल्ला क्रिकेट एकेडेमी प्रतियोगिाताको सेमिफाइनल प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा टस जितेर व्याटिङ गरेको बारा क्रिकेट एकेडेमीले निर्धारित २० ओभर खेल्दै नौ विकेट गुमाएर ६७ रन बनायो ।

६८ रनको विजय लक्ष्य कैलालीले १२ ओभरमा दुई विकेट गुमाउँदै पुरा ग¥यो । कैलालीका लागि मन्जु विष्टले अविजित ३३ रन तथा कविता कुँवरले २२ रन बनाए ।

बलिङतर्फ बाराकी सामना पुनले एक विकेट लिइन । यसअघि बारा क्रिकेट एकेडेमीका लागि सरस्वती पुनले १९ तथा ममता चौलागाईले १० रन बनाए ।

बलिङतर्फ कैलालीका सुमन विष्टले दुई तथा कविता कुँवर, अन्जली चन्द र लक्ष्मी साउदले एक÷एक विकेट लिए । कैलालीकै मन्जु वोगटी ‘वुमन अफ द म्याच’ घोषित भइन ।

सोमबार पहिलो सेमिफाइनल खेल समुह ‘ए’को विजेता शसस्त्र प्रहरकिो एपिएफ क्लब र समुह ‘वी’का बीच तथा अर्को सेमिफाइनल खेल समुह ‘वी’ को विजेता राइजिङ क्रिकेट वुमन र समुह ‘ए’को उपविजेता मिलन क्रिकेट एकेडेमी झापाका बीच हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २४ बैशाख २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्