स्थानीय तहमा ३ सय १६ निर्विरोध, कुन दलले कति जिते ?


 


काठमाडौं, वैशाख २४

पहिलो चरणको स्थानीय तह निर्वाचनमा ३ सय १६ जना निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा १ सय ४२ जना नेकपा एमालेका उम्मेद्वार रहेको निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार कांग्रेसका ९४ र माओवादी केन्द्रका ३६ उम्मेद्वार निर्विरोध भएका छन् । यस्तै ३२ स्वतन्त्र तथा नयाँ शक्तिका १ उम्मेद्वार निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै ५५ वटा वडा अध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् । त्यसमध्ये २ जना महिला छन् । खुल्ला सदस्य तर्फ १ सय १५ जना निर्वाचित भएका छन् । त्यसमध्ये ५ महिला छन् ।

वैशाख ३१ गते मतदान हुने भए पनि एक जनाको मात्रै उम्मेद्वारी परेका पदमा निर्विरोध निर्वाचित भएका हुन्। निर्विरोध निर्वाचित हुनेमा दलित महिला वडा सदस्य धेरै छन् ।

सबै ठाउँको विवरण आउन बाँकी रहेकाले निर्विरोध निर्वाचित हुनेको संख्या बढ्न सक्ने प्रवक्ता शर्माले बताए ।

प्रकाशित मिति: २४ बैशाख २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्