गुण्डा नाइके दिपक मनाङे पक्राउ


 


काठमाडौं, वैशाख २४

गुन्डा नाइके दिपक मनाङेलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय चुनावका लागि विशेष सुरक्षा सतर्कता अपनाइरहेको प्रहरीले मनाङ्गेलाई काठमाडौंको नयाँबजारस्थित घरबाटै पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी प्रमुख छविलाल जोशीले मनाङेलार्इ घरबाटै पक्राउ गरिएको जानकारी दिए । यसअघि पनि उनी विभिन्न मुद्दामा पक्राउ पर्दै छुट्दै गरेका थिए । मनाङे राप्रपाका मनाङका अध्यक्ष पनि हुन् ।

प्रकाशित मिति: २४ बैशाख २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्