प्रधानन्यायाधीश सुशीला कार्की सर्वोच्च फर्किइन्


 


काठमाडौंं, वैशाख, २४

प्रधानन्यायाधीश सुशीला कार्की काममा फर्किएकी छन् । कार्की आज बिहान ९ बजेर ११ मिनेटमा सर्वोच्च अदालत प्रवेश गरेकी छन्।

सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुको निर्णयमा संसदमा महाअभियोग प्रस्ताव लगिएपछि उनी निलम्बनमा परेकी थिइन् ।

तर शुक्रबार न्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजालसले महाअभियोग प्रस्ताव अघि नबढाउन संसदलाई आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि कार्कीले शुक्रबारबाटै सर्वोच्चमा हाजिर हुनसक्ने कानुनी बाटो खुलेको थियो।

वैशाख १७ मा कांग्रेस(माओवादीका २४९ जना सांसदले संसदमा कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए।

प्रकाशित मिति: २४ बैशाख २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्