नारी दीमत स्वर ‘देउती’ बजारमा
काठमाडौँ, वैशाख २३
पत्रकार तथा लेखक अक्षर काकाको उपन्यास ‘देउती’ बजारमा आएको छ । आख्यान तथा गैरआख्यान दुवै विधामा कलम चलाउने काकाको ‘देउती’ पहिलो उपन्यास हो ।
सामाजिक यथार्थवादी धारामा लेखिएको उपन्यासमा विशेष गरेर सिन्धु–इन्द्रावतीको कथा समेटिएको लेखक काकाले बताउनुभएको छ । त्यस्तै, उपन्यासमा नारी दमन, सामाजिक कुरीती र विकृति विसङ्गती समेटिएको उहाँको भनाइ छ ।
विसं. १९९० देखि २०२५ सम्मको सामाजिक परिवेश, एकल महिलाको सामाजिक जीवन र मनोदशा चित्रण गरिएको उपन्यास आजको सन्दर्भमा पनि उत्तिकै जीवन्त रहेको लेखकको दाबी छ ।
“उपन्यास विगतदेखि महिलाले भोग्दै आएको जीवनको कुरूप तस्बिर हो, जुन आजको सन्दर्भमा पनि पुरानो लाग्दैन,” लेखकले उपन्यासबारे अथ्र्याउनुभएको छ, “नारी जातिमाथि दमनको शृङ्खला नरोकिएकाले उपन्यास लेख्ने बाध्यता परेको हो ।”
जम्मा २४३ पृष्ठ रहेको उपन्यास ‘देउती’लाई साङ्ग्रिला बुक्सले बजारमा ल्याएको हो । यसअघि २०७० सालमा उहाँको ‘बूढी आमा र देश’ कविता सङ्ग्रह बजारमा आएको थियो ।
प्रकाशित मिति: २४ बैशाख २०७४, आइतबार