चुनावको मुखमा अध्यक्षबाट किन हटाइए उपेन्द्र यादव ?


 


काठमाडौं, वैशाख २३

निर्वाचनमा सहभागी भएको भन्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई संघीय गठबन्धको अध्यक्षबाट कारवाही गरिएको छ ।

यादवलाई हटाएर राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई अध्यक्ष चयन गरिएको छ ।

मधेसी मोर्चासहितको गठवन्धनको शनिबार बसेको बैठकले यादवमाथि संविधान संशोधन नभई चुनावमा गएर जनतालाई धोका दिएको निष्कर्ष निकाल्दै गठबन्धनको अध्यक्ष परिवर्तन गर्ने निर्णय लिएको छ ।

मधेसी थारु, जनजाति, सिल्पी, मुस्लिम समुदायको मुद्दाहरु विर्सजन गर्दै यादव आत्मसमर्पणको कित्तामा गएको भन्दै गठबन्धनले बताएको छ ।

बैठकले तत्काल संविधान संशोधन गरेर चुनावको वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । निर्वाचनको मुखमै उपेन्द्र यादवलाई गठबन्धको अध्यक्षबाट हटाइएको छ ।

मधेसवादी छ पार्टीको एकता भएपछि उपेन्द्र यादवलाई हटाउने निर्णय गरिएको हो । गठबन्धनको नेतृत्वबाट हटाएकोप्रति उपेन्द्र यादवले भने आपत्ति जनाएका छन् । यस विषयमा छलफल गर्न यादवले आकास्मिक बैठक बोलाएका छन् ।

प्रकाशित मिति: २३ बैशाख २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्