भोजपुर विमानस्थल कालोपत्रेको काम सकियो, हवाइ उडान सुरु


 


भोजपुर, वैशाख २३

बन्द भएको ५ महिना पछि भोजपुर विमानस्थल सञ्चालनमा आएको छ । शनिबार राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजले टक्सारस्थित विमानस्थलमा परीक्षण उडान गरेको छ ।

विमानस्थल सञ्चालनमा आएपछि भोजपुरबासी हर्षित भएका छन् । गत मंसिर २३ गतेदेखि धावनमार्ग स्तरोन्नतिका लागि विमानस्थल बन्द गरिएको स्तर उन्नतिका लागि वन्द गरिएको थियो ।

लामो समयसम्म विमान स्थल वन्द हुँदा जिल्ला अस्पतालबाट रिफर गरिएको विरामी, गर्भवती महिला, वालवालिका तथा वृद्धवृद्धा मारमा थिए भने कति विरामीको अकालमा ज्यान गएको थियो । उडान सञ्चालनमा आएसँगै यस्ता समस्यामा कमी आउने बताइएको छ ।

विमानस्थल सञ्चलनमा आएसँगै भोजपुरका सिकिस्त विरामी, गर्भवती महिलाहरुलाई अन्य जिल्लाका अस्पातलमा जान सहज भएको छ भने सर्वसाधारणलार्इ विराटनगर र काठमाडाैं अावातजावतमा सहज हुने भएको छ ।

नेपाल वायु सेवा निगमले भोजपुर–काठमाण्डौ र भोजपुर–विराटनगर उडान गर्छ भने तारा एयरले भोजपुर–काठमाण्डाैं उडान गर्छ । अाइतबारबाट नै नियमित हवार्इ उडान सुरू हुने भएको छ ।

धवानमार्ग ५ सय ४५ मिटर लम्बाई र २० मिटर चौडाईको स्तरोन्नतिक गर्न ५ करोड ५० लाखको लागतमा कालिका प्यासेफिक जेभी कन्ट्रक्सनले लिएको थियो ।

२०३२ सालमा निर्माण सुरु भई २०३५ सालबाट भोजपुरमा हवार्इ उडान सञ्चालनमा आएको थियो ।

प्रकाशित मिति: २३ बैशाख २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्