एमालेका लागि भोट माग्दै अभिनेता राजेश हमाल


 


काठमाडौं, वैशाख २३

अभिनेता राजेश हमाल स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षको उम्मेद्वार देवेन्द्र रिमालको प्रचार प्रसारमा जुटेका छन् ।

उनी शनिबार बिहान काठमाडौं महानगरपालिकास्थित वडा नम्बर २६ बाट वडाध्यक्षको उम्मेद्वारी दिएका रिमालको प्रचार प्रसारमा सहभागी भएका थिए ।

‘स्थानीय तहमा समाजसेवी देवेन्द्र रिमालले विकासका कार्यहरू गरिरहनुभएको छ । टोली सुधार समितिमार्फत सक्रिय समाजसेवीको प्रचार गर्न उहाँ आज विहान वडा नम्बर २६ मा आयोजित घरदैलो कार्यक्रममा सहभागी हुनुभएको हो,’अभिनेता हमालका स्वकीय सचिव रोशन हमालले भने ।

भोट माग्ने क्रममा अभिनेता हमाल उम्मेद्वार रिमालसँग राष्ट्रकवि माघव घिमिरेको घरमा समेत पुगेका थिए ।

कपुरधारा निवासी अभिनेता हमाल घरदैलो कार्यक्रममा सहभागी हुँदा स्थानीयहरूले साथ दिएका थिए। घरदैलो कार्यक्रममा सहभागी उनले स्थानीयहरूसँग वडाध्यक्षका उम्मेद्वार रिमालका लागि भोट मागेका थिए । उनी २६ नम्बर वडाका मतदाता समेत हुन् ।

प्रकाशित मिति: २३ बैशाख २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्