पीडाले छाती चिरिन्छ, तर…


 


dhanbahadur rahat

ध्रुव सुवेदी
भोजपुर, असार १७
दुःखीको घरमा मात्र तेरो बास हुने भए हे ! इश्वर दया राखी मलाई अझ दुःख दे ! नाट्यकार बालकृष्ण समको मुकुन्द इन्दिरा नाटकका यी हरफहरु उनिहरुको जीवनमा ठ्याक्कै मेल खान्छ । सात बर्ष अघि आठ बर्षकी ठुली छोरीको मृत्यु भयो ।

बैशाख १२ गते १४ बर्षकी कान्छी छोरीलाई भुइँचालोले मार्यो । दुई छोरीका आमाबाबु अव छोरीविहिन अवस्थामा छन् । तामाको मुना जस्ता ती छोरीहरु उनिहरुको मानसपटलमा नाचिरहन्छन्, जसले दिनहुँ छाति चिरिन्छ, मन भक्कानिन्छ । रानीवास गाविस–३ दितेनीका ४१ बर्षिय धनबहादुर राई र बन्दिमाया राईकी साहारा थिईन् रविना राई ।

सगरमाथा उच्च मावि घोरेटारमा कक्षा १० मा नाम लेखाएको हप्ता दिन पुगेको थिएन् । दिदीको मृत्युसँगै घरकी एक्ली छोरी रविना यी आमाबाबुका दाहिनो हात थिईन् । जो, अहिले छैनन्, उनिहरुको हात भाँचिएको छ, साहारा गुमेको छ ।

त्यो, दिन घरमा विहानको खाना खाएर साथिसँग घाँस काट्न जंगलतिर गएकी रविना कहिल्यै नर्फकने गरी अस्ताइन् । उनिहरुले घाँसको भारी के बोक्न लागेका थिए, त्यो कालो दिनको ११ः५६ समयले छोपीहाल्यो ।

आम नेपालीका लागि कालो दिन बनेको बैशाख १२ धनबहादुर र बन्दिमायालाई विझाइरहने चोट बोकाएर गयो । भुइँचालोले पहिरो चल्यो माथिबाट खसेको ढुंगाले किचाएर रविनाको मृत्यु भयो । केही टाढा भएकाले उनका साथीहरु भने घर फर्कन पाए ।

त्यो दिन शनिबार नभएको भए, सायद छोरी हामीसँगै हुने थिईन, भक्कानिदै धनबहादुरले भने बिदाको दिन घाँस काट्न भनेर साथीसँग गएकी छोरीलाई भुइँचालोले खायो ।
अक्सर गाउँका विद्यार्थी विदाको दिन घरायसी र मेलापातमा ब्यस्त रहन्छन् । यो दुर्गमका विद्यार्थीको परिवेश र बाध्यता नै हो । त्यही बिदाको दिन रविनाको पनि ज्यान गयो, यसरी देशभर ज्यान जानेमा आठौ हजार बढी छन् ।

भुइँचालोले हजारौ परिवारको साहारा खोसेका छ, घरवाविहिन बनाएको छ, घाइते अपांग असरल्ल छन् । आफन्त गुमाएकाहरुको मन भक्कानिन्छ, छाति चर्किन्छ, पीडाको घाउँ बल्झाइरहन्छ ।

धनबहादुर र बन्दिमायाको मन गर्हौ भएको छ, बर्षातको बेला पानी बोकेर आकाशमा मडारिरहेको कालो बादल जसरी । उनिहरु त्यही बर्षातको कालो बादल जसरी पोखिन्छन्, नजिकै रहेको पिखुवा र बेहेरे खोला बगे सरी ।

छोरीको मृत्युसँगै उनको घरमा आफन्त, शुभचिन्तकको बाक्लो भिड लाग्ने गरेको छ । दलका नेता कार्यकर्ता, सांसदसम्म उनलाई सहानुभुति दिन घरसम्म पुगेका छन् ।

भौतिक रुपमा अत्याधिक क्षति भएको भोजपुरमा मानविय क्षति भने दुई जनाको मृत्यु भएको थियो । जसका कारण यो पीडित परिवारको घरसम्म धेरै मानिसहरु पुगिसकेका छन् । सरकारी तवरबाट पाउनु पर्ने राहत उनिहरुले पाएका छन् ।

विभिन्न ठाउँबाट पनि उनिहरुलाई राहत रकम आएको छ । अहिलेसम्म प्राप्त काजकिरिया कर्च र राहत रकम उनिहरुले छोरीका नाममा सामाजिक कार्यमा खर्च गरेका छन् ।

छोरी नै रहिनन्, त्यो छोरीका नाममा आएको राहत रकम सामाजिक कार्यमा खर्चिएका छौं, द्रवित मौद्रामा धनबहादुरले भने विद्यालय, स्वास्थ्य संस्थालाई सहयोग गरेका छौं । राज्यबाट प्राप्त एक लाख ४० हजार रकम त्यही नजिकै रहेको साम्पुकथोक प्राविमा एक लाख २२ हजारको अक्षयकोष स्थापना गरिदिएका छन् ।

त्यही टोलमा निर्माण हुन लागेको गाउँघर स्वास्थ्य क्लिनिकको निर्माणाधिन भवना लागि १५ हजार प्रदान गरेका छन् । बाँकी रहेको रकमले पार्टी, पौवा, चौतारो निर्माण गर्ने पीडित परिवारले जनाएको छ । म जस्तै गरीब दुःखीका छोराछोरी पढ्ने विद्यालयमा अक्षयकोष स्थापना गरेका हौं, धनबहादुरले भने यो कोषबााट गरीबका छोराछोरीलाई पढ्न हौसला मिल्नेछ ।

राहत रकम आएपछि उस्को आमाले त्यो रकम लिन मानेन, त्यही भएर सामाजिक कार्यमा लगाएका हौं उनले भने । यो पीडित परिवारलाई सिंगापुर प्रहरीमा कार्यरत जिवन खाहोङ राई, भोजपुर काठमाडौं सम्पर्क मञ्चले २२ हजार नगद प्रदान गरेको थियो ।

यो रकम यस क्षेत्रका सभासद शेरधन राईले प्रदान गरेका थिए । केही दिन अघि मात्र भोजपुरबाट बेलायतमा रहेका गोर्खा सैनिकहरुले ५१ हजार एक सय ११ रुपैयाँ यो परिवारलाई प्रदान गरेका थिए ।

जुन रकम यस क्षेत्रका पुर्व सभासद सुदन किरातीले प्रदान गरेका थिए । भुकम्पमा परेर छोरीको मृत्युले विक्षिप्त बनेको यो परिवार विस्तारै तङ्ग्रिदै छ । छोरीको मृत्युको पीडाले उनिहरुको छाति त चिरिने भयो नै तर त्यो छोरीको सम्झनामा सामाजिक कार्यमा गरेको साहस भने विर्सि नसक्नुको छ ।

पीडित परिवारलाई नगद प्रदान गर्दे सभासद शेरधन राई

प्रकाशित मिति: १७ असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्