महानगरपालिका, नगरपालिका र गाउँपालिकाका पदाधिकारीको यस्तो छ सुविधा, कसको तलब कति ?
काठमाडौं, वैशाख २३
स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले मासिक तलब पाउने भएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको स्थानीय तहका पदाधिकारीको सेवा सविधासम्बन्धी ऐनको मस्यौदामा मासिक तलबको व्यवस्था गरिएको छ ।
ऐनको मस्यौदा संसदबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ। तर अहिले स्थानीय विकास मन्त्री नभएका कारण ऐनको मस्यौदा संसद पुग्न सकेको छैन ।
यसरी तलब सुविधा पाउनेमा भने महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरु पर्नेछन् ।
बैठक भत्ता १ हजार बैठक भत्ता एक हजार स्थानीय तहमा निर्वाचित वडा सदस्यहरूका लागि हजार रुपैयाँ बैठक भत्ता प्रस्तावित गरिएको छ ।
स्थानीय तहका पदाधिकारीको सेवासुविधासम्बन्धी ऐनको मस्यौदाअनुसार बैठकमा उपस्थित हुँदा एकपटकको हजार रुपैयाँ पाउनेछन् ।
तर, मासिक पारिश्रमिक लिने प्रमुख, उपप्रमुख र वडाध्यक्षले भने बैठक भत्ता पाउँदैनन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार महिनामा बढीमा तीनवटा बैठक बस्न पाउनेछ, तर एउटा बैठक अनिवार्य रूपमा बस्नुपर्नेछ ।
कसको तलब कति ?
महानगरपालिका प्रमुख : ६० हजार
उपप्रमुख : ५० हजार
वडाअध्यक्ष : ३० हजार
उपमहानगरपालिका प्रमुख : ४५ हजार
उपप्रमुख : ४० हजार
वडाअध्यक्ष : २५ हजार
नगरपालिका प्रमुख : ३० हजार
उपप्रमुख : २५ हजार
वडाअध्यक्ष : २० हजार
गाउँपालिका प्रमुख : २५ हजार
उपप्रमुख : २० हजार
वडाअध्यक्ष : १५ हजार
प्रकाशित मिति: २३ बैशाख २०७४, शनिबार