मेस्सीमाथिको प्रतिवन्ध हट्यो


 


एजेन्सी, वैशाख २२

अर्जेन्टिनी स्टार लिओनल मेस्सीमाथिको चार खेलको प्रतिवन्ध हटेको छ । रेफ्रीलाई अपशब्द प्रयोग गरेको भन्दै मेस्सीमाथि प्रतिबन्ध लागेको थियो ।

यसले अर्जेन्टिनाको विश्वकप छनोटमाथि नै प्रश्न उठेको थियो किनकी मेस्सी विना अर्जेन्टिना बोलिभयासँग २-० ले हार्‍यो ।

तर, मेस्सीको प्रतिवन्धविरुद्ध गरेको अपिल स्वीकार भएको छ र, उनले अब खेल्न पाउनेछन् । बीबीसीका अनुसार मेस्सीले उरुग्वे, भेनेजुएला र पेरुविरुद्धको खेल खेल्न सक्नेछन् ।

साथै मेस्सीमाथि तोकिएको १० हजार स्वीस फ्राङ्को जरिवाना पनि हटाइएको छ ।

प्रकाशित मिति: २२ बैशाख २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्