चट्याङ लागेर मृत्यु
बनेपा, वैशाख २२
काभ्रेपलाञ्चोकमा चट्याङ लागेर गएराति एक युवतीको घटनास्थलमा नै मृत्यु भएको छ ।
बेथानचोक गाउँपालिका–१ की २२ वर्षीया ओमकुमारी अधिकारी (लक्ष्मी) को घरबाट बाहिर निस्कने क्रममा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २२ बैशाख २०७४, शुक्रबार